कञ्चनपुरमा धान काट्न मेशिनको प्रयोग बढ्दै

कञ्चनपुर – कञ्चनपुर जिल्लामा धान काटने मेसिनको प्रयोग बढ्दो छ । कृषकहरूले धान कटान रिपर , कम्बाइन हार्बेस्टर लगायतका मेसिनहरूको प्रयोग गरेर धान काटिरहेका छन् ।
मेसिन दारा बाली भित्राउँदा मानिसले गर्ने काम भन्दा कयै गुना छिटो छरितो हुने र मेसिनले एकनासले कटानी गर्ने भएका कारण पुनः फसल रोप्दा समेत सजिलो समेत भएकाले कृषकहरूले मेसिनको प्रयोग गर्न थालेका हुन ।
मेसिन प्रयोग गर्दा अफुहरूलाइ सजिलो सँगै छिटो पनि हुने गरेको कृषकहरूको भनाइ रहेको छ । कयै मानिस लगाएर दिनहुँ धान काट्नु भन्दा मेसिनले केही छिनमै धान काटिसक्ने र त्यो सस्तो पनि हुने गरेको कृषकहरूको भनाइ रहेको छ ।
कृषकहरूको बाली भित्राउने प्रयोजनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले विभिन्न सङ्घ संस्थाहरूको सहकार्यमा विभिन्न ठाउँहरूमा कस्टम हाय रिङ सेन्टरहरू समेत स्थापना गरिएका छन् ।
उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा बाग फाटामा कस्टम हाय रिङ सेन्टर स्थापना गरिएको छ ।
कृषकहरूले यस सेन्टरबाट सस्तो सुलभ मूल्यमा मेसिनहरू प्राप्त गरिरहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्