खेतमै धान भिजेपछि कुने उमा त्रिपाल ओढाउँदै किसान

सिन्धुली- काटेर राखेको धान खेतमै भिजेपछि किसान चिन्तित भएका छन् । बेमौसमी वर्षाका कारण सिन्धुलीका किसानको धान पूर्ण रूपमा भिजेर सखाप भएको छ । तीन दिन देखि बङ्गालको खाडीबाट विकसित भएको चक्र बातका कारण परेको पानीबाट किसानले काटेर खेतमा सुकाएको धान पूर्ण रूपमा भिजेको छ । चाडपर्व सकिए लगत्तै धान काट्न जुटेका किसानले मौसम पूर्वानुमान महाशाखाले वर्षा हुने जनाए पनि जनशक्ति अभावका कारण धान सुरक्षित गर्न नसकिएको किसानहरूले जनाएका छन् । धान रोप्ने समयमा पानीको अभाव, मल हाल्ने बेलामा मलकै अब अब धान भित्र्याउने बेलामा पानीले भिजेको भन्दै किसानले दुखेसो पोखेका छन् ।
किसानहरूले काटेर थुपारेको धान समेत भिजेपछि खेतमै त्रिपाल ओढाएका छन् । कुनेउ लगाएर राखेको धाननै भिज्ने गरी निरन्तर बर्षा भएपछि किसानहरूले खेतमै भएको धानको कुने उमा त्रिपाल ओढाएका छन् । काटेर जम्मा पार्न नसकिएको धान खेतमै पूर्ण रूपमा भिजेको भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन् ।
सिन्धुलीमा १३ हजार ४ सय ४५ हेक्टरमा धान हुने भए पनि यस वर्ष १२ हजार ८ सय ६२ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाई भएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । नकाटिएका धानलाई केही दिन नकाट्न र काटिएका धानलाई पानी तर्कनेगरि अग्लो स्थानमा सुरक्षित गरी राख्न कृषि विकास कार्यालयका प्रमुख अनुप अधिकारीको सुझाव छ । हामिले वर्षा हुनु अगावै धान केही दिन मौसमका कारण नकाट्न किसानलाई सुझाएका थियौ तर किसानहरूले धान काट्नुभएछ अब सुरक्षित स्थानमा राख्नुपर्ने हुन्छ उहाँले भन्नुभयो पानी तर्कने गरी अग्लो स्थानमा राख्ने र पानी रहने बित्तिकै सुकाउनु पर्छ । विशेष गरी बिउ धान धेरै क्षति हुने उहाँको भनाइ छ ।
गत असोजमा आएको बाढीले क्षति गरेर बचेको धान काटिसकिएको अवस्थामा समेत पानी परेपछि किसान थप चिन्तामा परेका हुन् । मौसम अझै खराब देखिएकाले किसानलाई केही दिन धान नकाट्न र काटिएका धान सुरक्षित गर्न सरोकारवाला सबैको सुझाव छ ।






प्रतिक्रिया राख्नुहोस्