भित्र्याउने तयारीमा रहेको बालीमा बेमौसमी बर्षाले क्षति, किसान चिन्तित

सिरहा- लगातार परेको बेमौसमी वर्षाका कारण सिरहामा धान बालीमा नराम्रो असर परेको छ।
आकस्मिक वर्षाले विशेषगरी धान, तरकारी र दलहन बालीमा नोक्सानी पुगेको छ।
अनुसार खेतमा पानी जम्दा बाली कुहिने र विभिन्न किसिमहरूमा रोगहरुसमेत लाग्ने भन्दै उनीहरु चिन्तित देखिन्छ।
समयमै कटानीको तयारीमा रहेका किसानहरू वर्षाका कारण खेतमा छिर्न सकेका छैनन।
कृषि ज्ञान केन्द्र सिरहाका प्राविधिकहरूले समेत बेमौसमी वर्षाले उत्पादनमा नकारात्मक असर पार्ने अनुमान गरेका छन्।
केन्द्रका अनुसार निरन्तर पानी परिरहेमा पाक्न लागेको धानमा दाना झर्ने, गोडमेल गरिएको तरकारी सड्ने र मकैमा रोग लाग्ने सम्भावना रहन्छ।
स्थानीय प्रशासनले भने किसानहरूलाई तत्काल खेतमा पानी निकासको व्यवस्था मिलाउन र रोग नियन्त्रणका लागि आवश्यक परामर्श लिन आग्रह गरेको छ।
बेमौसमी वर्षाको क्रम जारी रहेकाले आगामी केही दिनमा अझै बालीमा थप क्षति पुग्ने भन्दै किसानहरुले प्राविधिक सहयोगको माग गरेका छन ।।






प्रतिक्रिया राख्नुहोस्