सरकार र बन्चरेडाँडाका स्थानीयबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ- सरकार र नुवाकोटको बन्चरेडाँडाका स्थानीयबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । बन्चरे डाँडाका क्षेत्रका स्थानीयले फोहोर बोकेका गाडीहरू मंगलवारदेखि रोकेपछि सहरी विकास मन्त्रालयले शुक्रवार छलफलका लागि ककनी गाउँपालिका, धुनिबेसी नगरपालिका, बेलकोटगढी नगरपालिका तथा स्थानीय सरोकारवालाई बोलाएको थियो ।

जन प्रतिनिधि र स्थानियले सहरी विकास मन्त्री, काठमाडौँ महानगरका प्रमुख तथा अर्थ मन्त्रालयका प्रतिनिधिसहितको वार्ताको माग गरेपछि छलफल निष्कर्षविहीन भएको हो ।

छलफलमा जनप्रतिनिधि र स्थानीयहरुले विगत २० बर्षदेखिको समस्या समाधान नभएको भन्दै त्यसक्षेत्रका जनताको स्थानान्तरण र विभिन्न समयमा आन्दोलन गरेको भन्दै त्यहाँका स्थानीयलाई लगाइएको सार्वजनिक मुद्धा फिर्ता गरिनुपर्ने माग अघि सारेका छन ।

आफुहरुका माग कार्यान्वयन नभएसम्म फोहोरका गाडी प्रवेश गर्न नदिने उनीहरुले चेतावनी दिएका छन ।

छलफल निष्कर्षविहीन भएपछि सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले स्थानीयका मागलाई अर्को बैठकमा सम्बोधन गर्ने गरी अघि बढ्ने बताउनु भयो ।

बन्चरे डाँडा क्षेत्रका स्थानीयले २०७९ सालमा भएको १८ बुँदे सम्झौता काठमाडौँ महानगरपालिकाले कार्यान्वयन नभएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, बन्चरेडाँडा क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुको सहभागिता थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.