अमेरिकाको न्यु अल्बनी सहरले गर्यो हिन्दू हेरिटेज मन्थको घोषणा

न्यु योर्क – अमेरिकाको न्यु अल्बनी सहरले अक्टोबर महिनालाई हिन्दू हेरिटेज मन्थको रूपमा मनाउने भएको छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेको ओहायो राज्यको न्यु अल्बनीमा आयोजित तिहार तथा छठ विशेष कार्यक्रममा मेयर स्लोएन स्पेल्डिंगले यस्तो घोषणा गर्नु भएको हो ।
नेपाल सरकारका अवैतनिक वाणिज्य दूत डा.दामोदर पौडेलको विशेष आतिथ्य रहेको कार्यक्रममा मेयर स्लोएन स्पेल्डिंगले नगरको बहु साँस्कृतिक नीति माथि प्रकाश पार्दै हिन्दू हेरिटेज मन्थको घोषणा पत्र पढेर सुनाउनु भएको थियो ।


भारतीय मूलका नागरिकहरूको समेत सहभागिता रहेको कार्यक्रममा वाणिज्य दूत डा.पौडेलले नेपालमा तिहार, दीपावली र भारतमा दिवाली भनेर मनाइने पर्वले अमेरिकामा विभिन्न समुदाय जोडने सांस्कृतिक पुलको काम गरेको बताउनु भयो । कार्यक्रममा नेपाली मूलकी आरती शर्माको टोलीले भैली सहितका नृत्यहरू प्रस्तुत गरिएको थियो ।

त्यसैसरि भारतीय हिन्दु मन्दिर कोलम्बसमा घाट नै बनाएर नेपाली र भारतीय समुदायले सामूहिक छठ मनाएका छन् ।


नेपालको जनकपुरमै मनाएको जस्तो झल्को दिएको छठ कार्यक्रममा कोलम्बसस्थित स्थानीय अस्पतालमा कार्यरत डा. सज्नु महतोले आफूहरुले जनकपुरमा रहँदा मनाएको जस्तै अनुभव भएको बताउनु भयो ।।






प्रतिक्रिया राख्नुहोस्