लुगुमको पञ्चासेमा अटो दुर्घटना २ जनाको मृत्यु, ५ जना घाइते

रुकुम पूर्व- रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम-पाटी हाल्ने सडक खण्डमा लुगुमबाट बराहातालतर्फ जादै गरेको रा १ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भई सडकदेखि करिब तीन सय मिटर तल खस्दा भुमे १ लुगुमकी ३० वर्षीया रेजिना घर्ती मगर, २५ वर्षीया फिसोल्टी घर्ती मगरको मृत्यु भएको हो ।

मृतक दुबै जना एकै घरका जेठानी-देउरानी हुन् । अन्य ५ जना घाइते भएका छन ।

घाइते हुनेमा लुगुमकै वर्ष २६ कि प्रतीक्षा बुढामगर, उहाँको ११ महिनाको छोरा सुभम बुढामगर, २५ वर्षकी ब्युटी पुन मगर, उनकी छोरी २३ महिनाकी समृद्धि पुन मगर, लुगुमकै वर्ष ३ का सक्षम घर्ती मगर छन । घाइतेहरु सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ ।

अटो चालक भुमे १ का करिब २९ वर्षका जोते घर्ती मथर भने सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.