स्थानीयको माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धतासँगै बञ्चरेडाँडामा फोहोर फाल्न सुरु

काठमाडौँ- सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दाका मागहरु १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि हाललाई फोहर बिसर्जनको अवरोध हटेको छ ।

मन्त्री घिसिङको प्रतिबद्धतापछि स्थानीयले फोहोर फाल्न दिन सहमत भएका हुन। काठमाडौंको फोहोर विसर्जनस्थल बञ्चरेडाँडा पुगेर मन्त्री कुलमान घिसिङले आज स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरेर समझदारी जुटाएसँगै करिब एक सातादेखिको अबरोध हटेको छ ।

अहिलेसम्म निर्णय गरिएका र कार्यान्वयन हुन नसकेका सहमति कार्यान्वयन गर्ने बारेमा स्थानीय जनप्रतिनिधि र मन्त्री घिसिङवीच भएको सहमतिलाई सरोकारवाला पक्ष र मन्त्रालयका अधिकारीहरुले लिपिबद्ध बनाउने निर्णय भएको छ ।

१५ दिनभित्र गर्न सकिने कामका सूची सहरी विकास मन्त्रालयमा छलफल गरेर टुंगो लगाउने पनि सहमति भएको छ । त्यसका लागि मन्त्रालयमा वार्ता आजै हुने सरोकारवालाहरुले बताएका छन ।

सहमति भएसँगै स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि सडमा रोकिएका फोहर बोकेका गाडीहरु ल्याण्डफिल्ड साइट तिर जान थालेका छन् ।

चार दिनसम्म फोहर फाल्न अवरोध हुँदा काठमाडौँका अधिकांश घर गल्लीमा फोहरको थुप्रो लागेको थियो । सडक दुर्गन्धित भएपछि महानगरपालिकाले केही दिनका लागि फोहोर घरबाट ननिकाल्न सूचना समेत जारी गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.