कात्तिकमै बाक्लो हुस्सु

 
धनगढी-  कैलालीसहित तराईमा कात्तिकमै बाक्लो हुस्सु लागेको छ । सोमबार बिहानैदेखि हुस्सु लागेको हो । मोन्था आँधीको असरले केही दिन मौसममा बदली भए पनि सुदूरपश्चिम प्रदेशको तराईमा हल्का मात्रै वर्षा भएको थियो ।

मौसममा सुधार हुँदै गएपछि बाक्लो हुस्सु लाग्न सुरु भएको छ । हुस्सुका कारण सवारी साधन दुर्घटनाको जोखिम पनि बढेको छ ।

हुस्सु लागेसँगै बिस्तारै चिसो पनि बढ्ने धनगढी उपमहानगरपालिका–८ का विवश चौधरीले बताउनुभयो । मर्निङ वाक गर्दै गरेको अवस्थामा भेटिनु भएका उहाँले यस्तै रह्यौ भने अब चिसो बढ्दै जाने बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसको बिचमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.