भिजेकै भए पनि धान भित्र्याउन व्यस्त धादिङका किसान

धादिङ –  केही दिन अघि परेको लगातारको बेमौषमी वर्षाले धादिङमा पनि धान बालीमा नराम्ररी असर पारेको छ ।

किसानहरूले खेतमा काटेर राखेको धान बाली मात्रै नभई अन्य बाली पनि बिग्रिएको गुनासो गरेका छन् ।

केही दिन देखी परेको निरन्तरको वर्षाले अधिकांश धान खेतमा पानी जमेको छ ।

काटेर खेतमा छाडेको सबै धानहरू पानीका कारण बिग्रिएको किसानहरूको भनाइ छ ।

खेतमा राखेको धान पानीले भिजेको र  बाली कुहिन समेत थालेकोले अव कसरी वर्षा भरीको खाद्यान्नको जोहो गर्ने भन्ने चिन्ताले किसानहरूलाई सताउन थालेको छ ।

विशेष गरी वर्ण शङ्कर जातका अगउटे धान वर्षाका कारण बिग्रिएको छ । जसका कारण बेमौसमी वर्षाले गर्दा धान उत्पादन समेत घट्ने अनुमान कृषि विकास कार्यालय धादिङको छ ।

अहिले मौसम अलि सफा हुँदै गएसँगै किसानहरूले भिजेको धान खेतमा सुकाउन र झार्न व्यस्त छन् ।  किसानहरूले यस वर्ष धादिङ जिल्लाभर एघार हजार हेक्टर जमिनमा बर्खे धान खेती गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.