धनगढीमा २८ लाख रुपैयाँ सहित २ भारतीय नागरिक नियन्त्रणमा

कैलाली-  कैलालीमा स्रोत नखुलेको ठुलो परिमाणको रकम सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट भारतको लखिमपुर खीरी पलिया निवासी २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख ३४० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । साथै, उनीहरू सवार युपी ३१ सिएन ११७५ नम्बरको कार समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोतका अनुसार प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा नगद सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । अहिले  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.