मिर्चैया–५ मा सामुदायिक भवन निर्माण शुभारम्भ

मिर्चैया (सिराह) — मिर्चैया नगरपालिका–५ नं वडामा सामुदायिक भवन निर्माण कार्यको विधिवत् शुभारम्भ गरीएको छ।

स्थानीय बासिन्दाहरूका साझा कार्यक्रम, बैठक, सामाजिक तथा सांस्कृतिक गतिविधिहरूका लागि उपयोगी हुने यो भवनले सामुदायिक एकता र सहकार्यलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।

सो भवन निर्माणका लागि वडा अध्यक्ष श्री प्रदीप कुमार साह र उहाँको परिवारले जग्गा प्रदान गर्नुभएको छ।

शुभारम्भ कार्यक्रममा समुदायका अगुवा, स्थानीय बासिन्दा, सामाजिक सङ्घ–संस्था तथा नगर प्रतिनिधिहरुले  वडा अध्यक्ष साहको उदारता र समुदायप्रतिको समर्पणको प्रशंसा गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.