किसानलाई गहुँको बिउ वितरण

दाङ- दाङको दंगीशरण गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई गहुँको बिउ वितरण गरेको छ ।

गाउँपालिकाले पालिकाभित्रका ६१ वटा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको हो ।

किसानको माग अनुसार तीन लाख ६८ हजार एक सय ८० रुपियाँ बराबरको गहुँको बिउ खरिद गरिएको कृषि साखा प्रमुख सरु भुसालले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रतिकेजी ८२ रुपियाँ पर्ने गहुँको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । वितरण गरिएको गहुँको बिउमा एनएल–९७१ तीन हजार तीन सय ४० केजी, विजय चार हजार चार सय ८० केजी, वाण गङ्गा एक हजार एक सय ३० केजी गरी जम्मा आठ हजार नौ सय ८० केजी गहुँको बिउ वितरण गरिएको हो ।

गहुँको बिउ वितरण गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आर्थिक वर्ष २०८२÷८३ मा आफूहरूले खाद्यान्न बाली बिउ वितरणका लागि पाँच लाख रुपियाँ बजेट वितरण गरिएको र जस अन्तर्गत गहुँको बिउको माग अत्यधिक आएकाले किसानको मागलाई सम्बोधन गर्न गहुँको बिउ वितरण गरिएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.