दाउन्नेको वैकल्पिक मार्ग प्रयोग गर्न नवलपुर प्रहरीकाे आग्रह

पूर्वी नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा अवरोध जारी रहेको भन्दै नवलपुर प्रहरीले दाउन्नेको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

दाउन्नेको १४ किलोमिटरको विभिन्न स्थानमा बाटो चिप्लो, उकालो र गाडी फसेका कारण यातायातमा समस्या भएको भन्दै प्रहरीले सकेसम्म यो मार्ग भएर यात्रा नगर्न र वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको हो ।

दाउन्नेमा विगत पाँच दिनदेखि यातायात असहज भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले बताउनुभयो ।

यात्रा गर्दा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किबाससँग समन्वय गर्न पनि नेपालले आग्रह गर्नुभएको छ । बाटो असहज हुँदा सवारी साधनको बाक्लो चाप रहेको उहाँको भनाइ छ । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.