दोलखाकाे ना गाँउ र एलुन रिबोको हिमपहिराेमा परी आठ विदेशी पर्यटक बेपत्ता

दोलखा- दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित ना गाउँ र एलुन रिबोको बीचमा हिमपहिरोमा परी आठ जना विदेशी पर्यटक बेपत्ता भएका छन् ।
आज बिहान भएको उक्त घटनामा परेका १५ जना मध्ये सात जना सम्पर्कमा आएका छन् भने अन्यको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएकाे छ ।
प्रहरी नायव उपरिक्षक मानकुमार महतोका अनुसार आज बिहान नौ बजे ना गाउँबाट पदयात्रामा निस्किएका १५ जना विदेशी पर्यटकमध्ये आठ जना हिमपहिरोपछि सम्पर्कविहीन भएका हुन् ।
उद्धार कार्य हेलिकप्टरबाट भइरहेकाेले थप विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक महताेले जानकारी दिनुभयाे ।।






प्रतिक्रिया राख्नुहोस्