नेपाली काँग्रेस नेतृ रजनी जोन्छेँको निधन

 भक्तपुर –  नेपाली काँग्रेस महासमिति सदस्य तथा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेँको आज बिहान उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा निधन भएको छ । उहाँ सहिद राधेश्याम जोन्छेँकी धर्मपत्नी हुनुहुन्थ्यो ।

परिवारका अनुसार स्वर्गीय जोन्छेँ केही समयदेखि अस्वस्थ रहँदै आउनु भएको थियो । उहाँको निधनले नेपाली काँग्रेस र लोकतान्त्रिक आन्दोलन दुवै क्षेत्रमा अपूरणीय क्षति पुगेको पार्टीका नेताहरूले बताएका छन् । नेत्री जोन्छेँले लामो समयदेखि राजनीतिक, सामाजिक तथा मानवअधिकारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।

उहाँले लोकतान्त्रिक आन्दोलनका कठिन समयमा समेत पार्टी र जनताको पक्षमा निरन्तर प्रतिबद्धता जनाउँदै योगदान पुर्‍याउनु भएको थियो ।

जिल्ला पार्टी सभापति दुर्लभ थापाले जोन्छेँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै काँग्रेसले एक प्रतिबद्ध, सुसंस्कृत र आदर्श नेतृ गुमाएको प्रतिक्रिया व्यक्त गर्नुभयो । स्वर्गीय जोन्छेँको पार्थिव शरीर आज बिहान ९ः३० बजेसम्म राधेश्याम स्मृति प्रतिष्ठान कार्यालय, चुनदेवी भक्तपुरमा श्रद्धाञ्जलीका लागि राखिने उहाँले जानकारी दिनुभयो ।

त्यसपछि दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.