लागू औषधसहित दुई युवक पक्राउ

–कोटाबाटै दुई सय थान बढी ट्याब्लेट समेत बरामद

नुवाकोट-  नुवाकोटको वट्टारवजारवाट प्रहरीले प्रतिबन्धित लागू औषधसहित २ जना युवक पक्राउ परेका छन् । युवकको कोटाबाट दुई सय थान बढी ट्याब्लेट बरामद गरेको छ ।

बिदुर नगरपालिका ९ डिहीबजार स्थायी घर भई विदुर ४ बट्टारवजार डेरा कोठा गरी बस्ने ३५ वर्षीय सन्तोष सार्की र उनका भाइ ३३ वर्षीय वसन्त सार्कीलाई  प्रतिबन्धित लागू औषधसहित कोटाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कोठामा लागू औषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटी गएको प्रहरी अधिकृतसहितको टोलीले सन्तोष उनका भाइ वसन्त सार्कीलार्ई कोठामा बसी रहेको अवस्थामा फेला पारेर कोटाबाट लुकाइछिपाई राखेको अवस्थामा दुई सय थान बढी प्रतिबन्धित लागू औषधसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।

प्रहरीलेृ उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको ट्रमा डोल हाइड्रोक्लोराइड क्याप्सुल ७७ ट्याब्लेट र स्पास्मो १३५ ट्याब्लेट र प्रयोग गरिएको लागू औषधको खाली पत्ताका खोलहरू समेत बरामद गरी  उनीहरूलाई पक्राउ गरी सोमवार नुवाकोट जिल्ला अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान कार्य भई रहेको डिएसपी लामाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.