दश जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय
काठमाडौँ- सरकारले नेपाली सेनाका दश जना प्रमुख सेनानीहरुलाई महासेनानीमा बढुवा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरवारमा कार्तिक १७ गते वसेको मन्त्रिपरिषद् बैठकले प्रमुख सेनानीहरुलाई महासेनानी बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले दक्षिण कोरियाली नागरिक मिजिन लीलाई गैरकानुनी रुपमा नेपाल प्रवेश गरेको मिति देखि निष्कासन मितिसम्म प्रचलित कानुन अनुसार लाग्ने विलम्व शुल्क र जरिवाना मिनाह गरी नेपालबाट प्रस्थान गराउन अनुमति दिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
त्यसैगरी, बैठकले स्विट्जरल्याण्डको जेनभामा मंसिर १ देखि ३ गते सम्म आयोजना हुने नेपालको व्यापार नीतिको तेस्रो समिक्षामा सहभागि हुन बाणिज्य आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेलाई स्वीकृति दिएको छ ।
त्यसैगरी थाइल्याण्डको बैंककमा मंसिर २२ देखि २६ गतेसम्म आयोजना हुने हाइ लेभल समिट अन वाटर सेक्युरिटी एण्ड रेसिलेन्समा सहभागि हुन खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्यलाई स्वीकृति प्रदान गरेको छ ।
त्यस्तै सामान्य प्रसाशन मन्त्रालय अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको लागि चालु आर्थिक बर्षको लाई दश जना र सञ्चार मन्त्रालय अन्तर्गतको विज्ञापन बोर्डको लागि आठ जना अधिकृतस्तरको अस्थायी दरवन्दी स्वीकृत गरेको छ ।
बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका निकायको संगठन व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गरेको छ । त्यसैगरी अर्थमन्त्रालय र अन्तर्गतका निकायहरुको संगठन संरचना र दरवन्दी स्वीकृत गरेको छ ।।







प्रतिक्रिया राख्नुहोस्