कमला नदीको दैव मेला : धार्मिक आस्था र लोकसंस्कृतिको प्रतीक

 सिरहा – कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्लालाई छुट्टाउने कमला नदीमा यस वर्ष पनि अनौठो ‘दैव मेला’ लागेको छ। शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका आधारमा प्रत्येक वर्ष यो धार्मिक मेला लाग्ने गरेको छ। पछिल्लो समयमा केहीले यस परम्परालाई अन्धविश्वासको रूपमा व्याख्या गरे पनि स्थानीय समुदायले यसलाई आस्था र परम्पराको प्रतीकका रूपमा मनाउँदै आएका छन्।

मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर साथै भारतका सीमावर्ती मधुवनी, दरभंगा, समस्तीपुर लगायत जिल्लाबाट लाखौँ श्रद्धालुहरू कमला नदीमा स्नान गर्न आउने गरेका छन्।

श्रद्धालुहरूका अनुसार कमलेस्वरी देवीको कृपाले यस दिन स्नान गर्ने व्यक्ति तान्त्रिक विद्या र योगमा पारङ्गत हुने मान्यता रहेको छ। दैव मेलामा स्नान गरेपछि भक्तजनहरूले कमला नदी र गंगासागरको पवित्र जल घर लैजाने गर्छन्। मूल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुने जनविश्वास रहँदै आएको छ।

तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुति दिने चलन पनि छ। स्नानका बेला धामीहरू लोक भाकामा गीत गाउने गर्छन्, जसलाई स्थानीय भाषामा ‘महराई’ भनिन्छ। मिथिला क्षेत्रमा पुरानै समयदेखि तन्त्र–साधनाप्रति सर्वसाधारणको विश्वास रहिआएको पाइन्छ। यसको वैज्ञानिक प्रमाण छैन, तर यो अन्धविश्वास होइन, लोक आस्था र धार्मिक संस्कृतिको जीवित प्रतीक हो।” मुख्यतः ग्रामीण भेगका महिला–पुरुषहरूले आफ्नो परिवारमा कुनै अनिष्ट वा बाधा हटाउन, रक्षाको कामना गर्न तथा तान्त्रिक सिद्धि प्राप्त गर्ने उद्देश्यले यो परम्परा निरन्तर रूपमा पालन गर्दै आएका छन्।

दैव मेलाको अवसरमा सिरहाको माडरस्थित इनर्वाघाट, बसपिट्टा, सारश्वर, चतरी, कल्याणपुर, भेडिया, बन्दीपुर र धनुषाको सघारा, टरिया लकड लगायत कमला नदी छेउका विभिन्न घाटहरूमा लाखौँ श्रद्धालुहरूको भीड लाग्ने गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.