अमेरिकामा कार्गो विमान दुर्घटनाग्रस्त : ७ जनाको मृत्यु, ११ जना घाइते

एजेन्सी –  अमेरिकाको केन्टकी राज्यको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा मालवाहक विमान उड्ने क्रममा धावनमार्गमै दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

केन्टुकीबाट हवाईतर्फ उड्न लागेको कार्गो विमान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनापछि विमानमा रहेको करिब ३८ हजार ग्यालेन इन्धन विस्फोट हुँदा आगो फैलिएको थियो । सोही कारण विमानमा रहेका ३ जना र बाहिर रहेका अरुलाई पनि आगोको लप्काले लपेटेको थियो ।

विमानबाहिर रहेका ४ जनाको मृत्यु भएको हो ।

११ जना आगोबाट पोलिएको अवस्थामा रहेकोले मृतक संख्या बढेन सक्ने NBC News ले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.