भारतमा रेल दुर्घटनामा आठ जनाको मृत्यु

एजेन्सी –  भारतको छत्तीसगढमा रोकिराखेको मालवाहक रेललाई यात्रुबाहक रेलले पछाडिबाट ठक्कर दिँदा आठ जनाको मृत्यु भएको छ भने धेरै यात्रु घाइते भएका छन् ।

प्रदेशको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर उत्तरपूर्वमा यात्रबाहक रेलले रोकिराखेको रेललाई ठक्कर दिएको हो । यात्रुबाहक रेलको एउटा डब्बा मालवाहक रेलको डब्बामाथि चढेको थियो ।

रेलमाथि रेल चढेर मानिस थिचिएकोले उद्धार कार्यलाई जटिल बनेको थियो । उद्धार टोलीले क्रेन र फलाम काट्ने उपकरणको प्रयोग गरी चुँडिएको डब्बा खोलेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.