विधान सभा निर्वाचनलाई लिएर नेपाल भारत सीमा बन्द

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा पहिलो चरणको विधान सभा निर्वाचनलाई लिएर नेपाल भारत सीमा बन्द गरिएको छ।

विधान सभा निर्वाचनलाई लिएर नेपाल–भारत सीमा अन्तर्गत जटही नाका आज बिहान ६ बजे देखि साँझ ६ बजेसम्मका लागि बन्द गरिएको हो । निर्वाचन चलिरहँदा नाकामा सुरक्षामा कडाइ गर्न तथा निर्वाचनसम्बन्धी सम्भावित अवाञ्छित गतिविधि रोक्ने लक्ष्यले सीमा बन्द गरिएको भारतीय प्रशासनले जनाएको छ ।

मतदान अवधिभर सीमा नजिकका संवेदनशील क्षेत्रहरूमा सशस्त्र र सुरक्षा कर्मी तैनाथ गरिएको हो । सडक तथा पैदल यात्रुका लागि बिहान ६ देखि साँझ ६ बजे सम्म नाका बन्द हुँदा स्थानीय व्यापारी, यात्रु र दैनिक आयआर्जनमा आश्रित व्यक्तिलाई असुविधा भोग्नु परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.