लुम्बिनी प्रदेशमा हिउँदे अधिवेसनको तयारी

दाङ-  लुम्बिनी प्रदेशसभाको हिउँदे अधिबेशन बोलाउने तयारी प्रदेश सरकारले थालेको छ । प्रदेशसभा सचिवालयमा यतिबेला स्थानिय तहका कर्मचारीहरुको सेवासुबिधा सम्वन्धी संशोधन गर्न बनेको बिधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान बिधेयक दर्ता भैसकेका छन् भने दलित अधिकार सम्वन्धी बिधेयक र बडघर सम्वन्धी बिधेक आउने तयारीमा रहेका छन् । त्यसैगरी बिभिन्न समितीका प्रतिबेदनहरु र महालेखा परिक्षकको प्रतिबेदन दर्ता हुने र हिँउदे अबिधेशनमा छलफलका लागि प्रस्तुत हुने छन् ।

प्रदेश सरकारले प्रदेश सभालाई विजनेशको कमी हुन नदिनेगरी तयारी गरिरहेको छ । यही कात्तिक २२ गते बस्ने प्रदेश मन्त्रीपरिषद बैठकले लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनका लागि निर्णय गरी प्रदेश प्रमूखकहाँ पठाउने तयारी भएको प्रदेश सरकारको भनाइ छ ।

जेनजी आन्दोलनका कारण फेरिदो राजनीक परिस्थिी र सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउन प्रदेश सभाले समेत निगरानी बढाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.