कञ्चनपुरमा यस वर्ष धानको उत्पादनमा वृद्धि भएको छ

कञ्चनपुर –  कञ्चनपुर जिल्लामा यस वर्ष  धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा १३ प्रतिसतले बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुर जिल्लामा ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको भन्दै कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख हरि प्रसाद पनेरूले २ लाख १८ हजार मेट्रिक टन धान उत्पादन भएको बताउनुभएको छ ।

कञ्चनपुर जिल्ला खाधान्नमा आत्मनिर्भर भएको भन्दै कञ्चनपुर जिल्लाले बाहिर जिल्लामा निर्यात समेत गर्ने गरेको उहाँको भनाइ रहेको छ ।

कृषकहरूको बाहुल्यता रहेको कञ्चनपुर जिल्लामा धान उत्पादनमा वृद्धि भएपछि कृषकहरू समेत उत्साहित भएका छन् । धान  बिक्री गरेर आयआर्जन वृद्धि हुने भन्दै कृषकहरू समेत उत्साहित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.