नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन दुईतर्फी रुपमै सञ्चालनमा

चितवन- सुक्खा पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन दुईतर्फी रुपमै सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार साँझ सवा ५ बजे चितवनको इच्छाकामना-६ जलबिरे नजिकै पहिरो खसेको थियो ।

पहिरो पन्छाउने काम सकिएसँगै साँझ सवा ६ बजेदेखि सडक दुई तर्फी सञ्चालनमा आएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.