लमजुङमा तीनसय बढि हेक्टर खेतकोे धानबालीमा झरीले क्षति

लमजुङ-  गत साता परेको झरीका कारण लमजुङमा तीनसय हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सवै स्थानिय तहबाट तथ्याँक संकलन गरी धानबालीमा भएको क्षेति विवरण उपलब्ध गराएको हो ।

ज्ञान केन्द्रका प्रमूख सुदिप खतिवडाका अनुसार जिल्लामा कुल गरिएको धानखेतीमा तीन दशमलब ४७ प्रतिशत धानबाली झरीबाट क्षति पुगेको छ । झरीका कारण मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकामा अधिक क्षति पुगेको छ ।

ज्ञान केन्द्रका अनुसार मध्यनेपालमा एकहजार सातसय, राइनसमा एकहजार सातसय, सुन्दरबजारमा एक हजार पाँचसय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा झरीले क्षति पुगेको छ । सो बाहेक बेसीशहर नगरपालिकामा छसय, मस्र्याङ्दी गाउँपालिकामा तीनसय, दोर्दी गाउँपालिकामा दुईसय पचास, क्ब्होँलासोथार र दुधपोखरी गाउँपालिकामा एक÷एकसय रोपनी क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ ।

जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ६ हजार दुईसय पचास रोपनी (तीसय १२ दशमलब पाँच हेक्टर) क्षेत्रफलको धान झरीले नोक्सान बनाएको कार्यालय प्रमूख खतिवडाले बताउनुभयो ।

गतसाता बंगालको खाडीबाट विकसित ‘मोन्था’ चक्रवातको कारण झरी पर्दा काटेको धान खेतमै डुवाएको थियो । उन्नत जातका धान पाकेर पहेँलपुर भएपनि स्याहार्न नपाउँदै निरन्तर झरी परेपछि खेतमै भिजेको थियो । बर्षाले पाकेको धान झार्ने र काटेको धान विगार्ने भएपछि किसानहरु समस्यामा परेका थिए ।

लगातारको झरीले धान डुवाएपछि कृषि ज्ञान केन्द्रले आठ वटै पालिकाका कृषि शाखा मार्फत क्षतिको विवरण संकलन गरेको थियो । क्षतिको विवरण संकलन गरिएपनि पीडित किसानलाई राहतको ब्यवस्था के हुने भन्ने चाँही अन्योल छ । क्षतिको विवरण पठाएपछि प्रदेश या संघ सरकारबाट राहतको ब्यवस्था हुनसक्ने ज्ञान केन्द्रले जनाएको छ ।

सामन्यतय मंसिर महिनामा धान थन्काउने गरिएपनि पछिल्लो समय उन्नत तथा बर्णशंकर जातका धान लगाउँदा छिटो पाकेका कारण मौसम प्रतिकुल हुँदा किसानलाई समस्या परेको कृषि प्राविधिकहरु बताउँछन् । यस वर्ष मौसमले साथ दिएका कारण लमजुङमा धान उत्पादन बढ्ने अनुमान गरिएपनि थन्काउने बेलामा भएको बर्षाले क्षति पुगेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.