सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सवमा राष्ट्रपति पौडेल सहभागी हुने

आजदेखि ‘एनटिभी वल्र्ड’ शुभारम्भ हुँदै

काठमाडौँ- नेपाल टेलिभिजन र रेडियो नेपाललाई रुपान्तरण गरी सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपाल स्थापना भएको एकवर्ष पूरा भएको छ ।

गत कार्तिक २२ गते सार्वजनिक सेवा प्रसारण ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण नेपालमा रुपान्तरतित भएका हुन ।

यसैक्रममा पिएसबी नेपालले आज आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सव मनाउँदैछ ।

प्रथम वार्षिकोत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनको सिंहदरवारस्थित परिसरमा आयोजना गरिने विशेष कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ।

आजै राष्ट्रपति पौडेलले ‘एनटिभी वल्र्ड’को पनि औपचारिक शुभारम्भ गर्नुहुनेछ ।

अन्तर्राष्ट्रिय जगतमा नेपाल बुझिने सामग्री अंग्रेजी च्यानलमा समावेश गरिने र नेपाललाई विश्वमाझ अझ परिचित गराउने उदेश्यका साथ अंग्रेजी च्यानल सञ्चालनम हुने पिएसबी नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो ।

नेपाल सरकारको आर्थिक वर्ष २०७८-७९ को बजेटमा  नै नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रूपमा एनटिभी वल्र्ड सञ्चालन गर्ने कार्यक्रम राखिएको अध्यक्ष डा विष्टले उल्लेख गर्नुभयो ।

विश्वमा सन् १९२० को दशकदेखि सार्वजनिक सेवा प्रसारण (पिएसबी) को अभ्यास आरम्भ भए पनि नेपालमा यसको परिकल्पना प्रजातन्त्रको पुनःस्थापनापछि भएको हो ।

विज्ञहरू सम्मिलित विभिन्न कार्यदल र सञ्चारसम्बन्धी आयोगहरूको सुझाव एवं सिफारिससमेतका आधारमा सङ्घीय संसद्बाट सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेक, २०८१ पारित भएको थियो ।

राष्ट्रपति पौडेलबाट २०८१ असोज २२ गते विधेयक प्रमाणीकरण भएको थियो ।

ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेबाट सो कानुन कार्यान्वयनमा आएको हो । यो ऐन कार्यान्वयनमा आएसँगै रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ अन्तर्गत गठित रेडियो नेपाल र सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापित नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थियो ।

पिसएबी ऐन आएपछि दुबै संस्था संचालनको लागि सार्वजनिक सेवा प्रसारण नियमावली समेत निर्माण भएर कार्यान्वयमा आइसकेको छ  । रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकृत विनियमावली तर्जुमालगायत कार्य भने प्रक्रियामा छन् ।

यस संस्थाले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएपश्चात गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी विषयवस्तुसहित जनउत्तरदायी सार्वजनिक सेवा प्रसारणका कार्य गर्दै आएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.