जनता र राष्ट्रलाई केन्द्रमा राखी विश्वसनीय र निष्पक्ष सूचना प्रवाह गर्न राष्ट्रपति पौडेलको आग्रह

काठमाण्डौ – सार्वजनिक सेवा प्रसारण नेपालले आज आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव मनाएको छ ।
रेडियो नेपाल र नेपाल टेलिभिजनलाई समायोजन गरी रुपान्तरित पिएसबी नेपालले विभिन्न कार्यक्रम गरी स्थापनाको पहिलो वार्षिकोत्वस मनाएको हो ।

वार्षिकोत्सव समारोहको शुभारम्भ गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले रेडियो नेपाल र नेपाल टेलिभिजनले आफ्नोे विरासतलाई जोगाउदै सार्वजनिक सेवा प्रसारणको उद्देश्य अनुरुप नागरिकलाई सुसुचित गर्ने दिशामा प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले पिएसबीले स्वच्छ, निष्पक्ष र विश्वले स्वीकारेका आधारभुत मान्यतालाई आत्मसात गर्दै अगाडि बढनुपर्ने भन्दै सत्य तथ्यमा आधारित सूचना प्रवाह गर्नु जिम्मेवार सञ्चारमाध्यमको दायित्व भएको स्पष्ट पार्नुभयो ।

पछिल्लो समय गलत सूचना र भ्रामक समाचर प्रसारण भइरहेको अवस्थामा राष्ट्रको विश्वासिलो सञ्चारमाध्यमका रुपमा रहेका सार्वजनिक सेवा प्रसारण अन्तर्गतका सबै सञ्चार माध्यमले जनता र राष्ट्रलाई केन्द्रमा राखी विश्वसनिय, जिम्मेवारी र निष्पक्षताका साथ पत्रकारिताको धर्म निर्वाह गर्न आग्रह गर्नुभयो ।

यसै अवसरमा राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रसारण तथा एनटिभी वल्र्डको स्वीच लगअन गरी औपचारिक सुभारम्भ गर्नुका साथै पिएसबी नेपालको प्रतिक चिन्ह– लोगो र मोवाइल एप सार्वजनिक गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.