एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त

विहान ४ बजे होटेलमा शपथ

मधेश प्रदेश – मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीको शपथ गराउनु भएको छ ।

प्रदेस प्रमुख भण्डारीले एकाबिहानै वर्दिवास र्सिन्धुलीको सीमामा पर्ने पानस होटेलमा शपथ गराउनु भएको भिडियो सार्वजनिक भएको छ ।

आज विहान करिब ४ बजे शपथ गराए पनि हिजोकै मितिमा नियुक्त गरिएको पत्र दिनुभएको छ ।

मधेश प्रदेश प्रमुख भण्डारीले नेकपा एमाले संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले मुख्यमन्त्री नियुक्त गरिएको पत्रमा उल्लेख छ ।

मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको उल्लेख छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.