मधेसमा सत्ता खेल : एक नियुक्तिले हल्लायो सात दलको गणित

सिरहा – मधेस प्रदेशको राजनीतिमा फेरि एक पटक हलचल मच्चिएको छ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८(३) को प्रयोग गर्दै एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि सत्ता समीकरण नयाँ मोडमा पुगेको छ। तर यो कदमसँगै अन्य दलहरू भने असन्तुष्ट देखिएका छन्। उनीहरूको भनाइ छ — “प्रदेश प्रमुख संविधानको मर्म विपरित जानुभयो।” यही आरोपले गर्दा अहिले मधेसमा राजनीतिक तापक्रम चुलिएको छ।
यादवको नियुक्तिपछि नेपाली काँग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू तत्काल छलफलमा जुटेका छन्। सातै दलले अबको बाटो के हुने भनेर घोचपेच गर्न थालेका छन्।
स्रोतका अनुसार, दलहरूबिच ‘संविधान र लोकतान्त्रिक प्रक्रिया बचाउन संयुक्त रणनीति आवश्यक छ’ भन्ने धारणा बलियो बन्दै गएको छ।
राजनीतिक अङ्कगणित फेरि एक पटक पुनः गणना हुन थालेको छ— कुन दल कहाँ उभिन्छ, र कसको साथमा सत्ताको नयाँ समीकरण बन्छ भन्ने प्रश्नले सबैको ध्यान तानेको छ।






प्रतिक्रिया राख्नुहोस्