काभ्रेपलान्चोकमा नयाँ मतदाता दर्ता गर्ने भीड बढ्दो

काभ्रे- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा काभ्रेपलान्चोक जिल्लामा मतदाता नाम दर्ता गराउनेको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । जिल्लास्थित निर्वाचन कार्यालयहरूमा दैनिक नयाँ मतदाता बन्नेहरूको लाइन देखिन्छ ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख दिनेश सिवाकोटीका अनुसार असोज १० गतेदेखि आजसम्म २ हजार ८ सय २९ जनाले नयाँ नाम दर्ता गराएका छन् । हालसम्म जिल्लामा कुल ३ लाख १३ हजार ३ सय ५० जना मतदाता पुगेका छन् ।
निर्वाचन आयोगले नयाँ मतदाता नाम दर्ता गर्ने म्याद कात्तिक ३० गतेसम्मका लागि तोकेको छ । नयाँ पुस्ताका युवाहरूको उत्साहका कारण मतदाता दर्ता प्रक्रियामा उल्लेख्य वृद्धि भएको जनाइएको छ ।
काभ्रेपलान्चोक जिल्लामा अघिल्लो निर्वाचनका समयमा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र, नगरपालिका ६, गाउँपालिका ७, वडा सङ्ख्या १ सय ३५ मा १ सय ९० वटा मतदान स्थल र ३ सय ८९ वटा मतदान केन्द्र रहेका थिए । काभ्रेपलान्चोक जिल्लामा ३ लाख ७५ हजार २ सय २१ जनसङ्ख्या रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्