बेलुकी फोन गर्छु आमा भन्दै फोन राखेका दीपेश कहिल्यै आवाज सुन्न नपाउने गरी सिधैका लागि अस्ताए

सिन्धुली- गत जेठ महिनामा मजदुरी काम गर्न काठमाडौँ गएका सिन्धुलीको तीन पाटन गाउँपालिकाका दीपेश सिधैका नफर्कने गरी अस्ताए । गाउँपालिकाकै दुर्गम स्थान सिन्धुलीको तीन पाटन गाउँपालिका ६ भलायोडाडा घर भएका १९ वर्षीय दीपेश सुनुवार भदौ २४ गते बानेश्वर भएको आन्दोलनकै क्रममा बित्ते ।
गोली लागि गम्भीर घाइते भएका दिपेशलाइ उपचारका लागि उहाँका साथीहरूले अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । भदौ २४ गते मध्यान्ह परिवारजनले फोन गर्दा मुलुकमा सुशासन कायम गर्न र विद्यार्थीहरूमाथि भएको दमनका विरुद्ध आफू पनि आन्दोलनमा सामेल भएको र बेलुकी सात बजे फोन गर्छु आमा भन्दै दीपेशले फोन राखेका थिए । तर बेलुकी फोन गर्छु आमा भन्दै फोन राखेका दीपेशको आवाज त्यसपछि उनका आमाले कहिल्यै सुन्न नपाउने गरी सिधैका लागि दीपेश अस्ताए । २४ गते देखिनै दीपेश परिवारको सम्पर्कमा नभएपछि खोज्दै जाँदा त्रिवि शिक्षण अस्पतालमा महारजगजमा शव फेला पारेको दीपेशकी आमा भिममाया सुनुवारले जानकारी दिनुभयो ।
दुर्गम स्थानमा आर्थिक रूपमा अत्यन्त दयनीय अवस्थामा हुर्केका दीपेशले कक्षा ९ पढेर बिचमै पढाई छाडेर गत जेठमा केही पैसा कमाउने र पछि विदेश गएर घरको आर्थिक अवस्था सुधार गर्ने ढाडस दिएर काठमाडौँ गएको सहिद दीपेश सुनुवारका आमा भिममायाले स्मरण गर्नुभयो । केही महिना पछि विदेश जाने र पैसा कमाएर घरको आर्थिक अवस्था सुधार गर्ने दीपेशको सपना अब कहिल्यै पुरा नहुने भएको छ । काठमाण्डौँमा पुगेका दीपेश मजदुरी काम गरेर पेट पाल्दै आएका थिए । उसो त दीपेश गाउँमै हुँदा देखि सामूहिक भावना भएका थिए । समूहमा साथीहरूले बनाएको विकासका योजना तथा अन्य योजनामा सधैँ सामेल हुने गरेको र काठमाण्डौँमा भदौ २३ गते विद्यार्थी मारिएपछि विद्रोहमा उत्रिएको जेनजी समूहको आन्दोलनमा दीपेश होमिएको छिमेकी एवम् उनका सारथी गोपाल वि।क बताउनु हुन्छ ।
बाबु आमा र दुई दाजु भाई गरी चार जनाको परिवार रहेको सुनुवार परिवारका दीपेश जेठा छोरा थिए । जेठो छोराको मृत्यु भएपछि दिपेशका परिवारले जेनजी सहिदको सपना पुरा गर्नुका साथै सरकारले कान्छा छोराको पढाईमा सहयोग गरिदिन माग गरेका छन् । हाम्रो आर्थिक अवस्था अत्यन्तै दयनीय छ, कान्छो छोरा सरकारी स्कुलमै पढ्दै छ, उसको थप पढाइमा सरकारले सहयोग गरिदिए सहज हुन्थ्यो दीपेशकी आमा भिममायाले एन टिभी संवाददातासँग भन्नुभयो । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गरेको छ । नेपाल सरकारले जेनजी आन्दोलनमा सहिद हुने परिवारलाई दिने भनेको राहत दीपेशको परिवार सहित सबै मृतकको परिवारलाई बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक परिवारलाई राहत रकम उपलब्ध गराइएको भए पनि घाइतेको परिचय पत्र तथा अन्य सरकारले उपलब्ध गराउने राहत लिन हालसम्म कसैले पनि प्रशासनमा सम्पर्क गरेका छैनन् । मुलुकमा भएको बेतिथि भ्रष्टाचारको अन्त्यको माग सहित देशमा सुशासन कायम गराउन दुर्गम बस्ती बस्तीबाट आन्दोलनमा सहभागी भई सहिद र घाइते भएका जेनजी समूहको मागलाई सरकारले ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्