फुल फुलेर हराभरा हुँदै छ धनगढी -फोटो फिचर

कैलाली-  सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका धनगढी  हरियो, सफा र सुन्दर बन्दै गएको छ । धनगढीलाई हराभरा बनाउने अभियान अन्तर्गत बिरुवा र फुलहरू रोपिएपछि धनगढीको मुहार फेरिँदै गएको छ । धनगढी सहरका मुख्य सडकहरूका दुवै किनार वा सडकको बिच भागमा बिरुवाहरू रोपिने अभियानले अहिले धनगढीको मुहार मात्रै फेरेको छैन की हरियाली सहितको सफा सहर पनि बनेको छ ।

धनगढी उपमहानगरपालिकाले हरियो प्रवर्द्धन कार्यक्रम अन्तर्गत विभिन्न कामहरू गरेपछि धनगढीको मुहार फेरिँदै गएको हो । ठुला ठुला भवन सडक र अन्य पूर्वाधारहरूमा फड्को मारिरहेको धनगढीमा बिरुवा र फुलहरू रोपिएपछि यसले थप सौन्दर्य थपेको छ । पहिले सडक पेटीमा धुलो मात्रै हुने गरेकोमा अहिले फुलहरू फुलेपछि यसले सहर सफा र सुन्दर भएको स्थानीयहरूको भनाई छ । सहरभरि फुलेका फुलहरूले मनलाई आनन्दित बनाउने गरेको स्थानीय बलबहादुर कार्कीले बताउनुभयो ।

धनगढी उपमहानगरपालिकाले हाम्रो धनगढी हरियाली धनगढी, हरित धनगढी स्वच्छ धनगढी लगायतका कार्यक्रम  अन्तर्गत सडक छेउ र सार्वजनिक स्थानहरूमा बोटबिरुवा र फुलहरू रोपिँदै आएका छन् । उपमहानगरपालिकाले रोपिएका फुल र बिरुवाको सुरक्षाका लागि तार जाली ९ट्री–गार्ड० राख्नुका साथै मल हाल्ने, सिँचाइ गर्ने र नियमित रूपमा गोडमेल गर्ने काम गरिरहेको वातावरण अधिकृत अशोक अवस्थीले जानकारी दिनुभयो ।

हरियाली धनगढी अभियान अन्तर्गत हालसम्म झन्डै १५ हजार बढी फुल र बिरुवाहरू रोपिएका छन् । उपमहानगरपालिकाले अभियानमा नगरवासीलाई पनि सहभागी बनाउँदै आएको छ । एक बिरुवा रोप्नका लागि उपमहानगरपालिकालाई पाँच हजार रुपैयाँ सहयोगको कार्यक्रम बनाइएको छ । नागरिकबाट उत्साहका साथ यो कार्यक्रममा समर्थन मिलेपछि बिरुवा रोप्ने क्रम त जारी नै  छ । रोपिएका बिरुवा र फुलेका फुलहरूले धनगढीलाई सुन्दर बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.