बैैकहरूको मुनाफा घट्दो

काठमाडौँ – अत्यधिक रकम थुप्रिएर नगद तरलताको सामना गरिरहेका नेपालका वाणिज्य बैकहरूको खूद मुनाफा यस आर्थिक वर्षको पहिलो त्रैमासमा १८ प्रतिशतले घटेको नेपाल बैंकर्स संघले जनाएको छ ।
जेनजी आन्दोलन, चाडवाड र वर्षा तथा बाढीपैह्रोले कारोबार घट्दा खुद नाफा घटेको हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यस वर्ष नाफा घटेको देखिएको हो ।
असोज यता कर्जाको माग ठप्प रहेको भएपनि कर्जाको सावाँ ब्याज तिर्ने क्रम भने जारी रहेको बैकरहरूले बताएका छन् ।
पुरानो ऋण तिरेपनि नयाँ ऋण लिएर उद्यम गर्ने उत्साह हाल नदेखिएको उनीहरूको भनाइ छ ।।






प्रतिक्रिया राख्नुहोस्