आँतक मच्चाउने जङ्गली हात्तीले छाड्यो राजमार्ग, कोल्हबीतर्फ लाग्यो

बारा – बाराको पथलैया निजगढ राजमार्ग क्षेत्रमा बसेर आँतक मच्चाउने जङ्गली हात्तीले राजमार्ग क्षेत्र छाडेर कोल्हबी तर्फ लागेको छ । हात्तीले राजमार्ग छाडेपछि अहिले राजमार्गबाट सवारी आवागमन निर्बाध सञ्चालनमा आएको छ ।

आंतकित पार्ने जङ्गली हात्ती नियन्त्रणमा लिन पर्सा राष्ट्रिय निकुञ्जको टोली परिचालन भए पनि हात्ती फेला पार्न नसकेको बताउँदै एक घरपालुवा हात्ती सहित ड्रार्क टोली खटेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिनु भएको छ ।

इलाका प्रहरी कार्यालय निजगढका अनुसार राजमार्ग क्षेत्र अहिले सुरक्षित भए पनि सावधानी अपनाएर सवारी साधन चलाउन अनुरोध गर्नु भएको छ ।
हात्तीको आक्रमणबाट हिजो ट्रक चालकको जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा मृत्यु भएको थियो । दर्जनौँ सवारीमा क्षति पुराउनुका साथै हिजो दिनभर राजमार्ग क्षेत्रमा अवरोध पुगेको थियो । हात्तीको आक्रमणपछि ना.४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर–१ निवासी करिब ४० वर्षका राजकुमार चौधरीको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.