प्रमुख जिल्ला अधिकारी सहितको जिल्ला सुरक्षा टोलीद्वारा उत्तरी क्षेत्र नेपाल–चीन सीमा स्तम्भको निरीक्षण

सङ्खुवासभा – सङ्खुवासभाको उत्तरी क्षेत्र किमा थाङ्का नाकामा रहेको नेपाल–चीन सिमानामा सीमा स्तम्भको निरीक्षण भएको छ । प्रमुख जिल्ला अधिकारी सहितको जिल्ला सुरक्षा टोलीको उत्तरी क्षेत्र भोट खोला गाउँपालिका –१ पर्ने नेपाल–चीन सिमानामा रहेको सीमा स्तम्भको निरीक्षण गरेको हो । उत्तरी क्षेत्र भोट खोला गाउँपालिका –१ अन्तर्गत रहेका तीन वटा सीमा स्तम्भको निरीक्षण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक बाबुराम पौडेल सहितको जिल्ला सुरक्षा टोलीले उत्तरी क्षेत्रका तीन वटा सीमा स्तम्भको निरीक्षण गरेको छ । जिल्ला सुरक्षा टोलीले उत्तरी क्षेत्र भोट खोला गाउँपालिका –१ अन्तर्गत रहेका ६८÷६९÷ र ७० नम्बरका तीन वटा सीमा स्तम्भको निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । सङ्खुवासभामा २१ वटा सीमा स्तम्भ रहेका छन् । किमा थाङ्कामा नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा स्तम्भ निक्कै पुरानो भएको बताइएको छ । गत जेठ आएको बाढीले ७१÷१ को नेपाल –चीन सीमा स्तम्भ बगाएर बेपत्ता बनाएको छ । भोट खोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा बाढीले बगाएको ७१÷१ सीमास्तम्भ हालसम्म फेला परेको छैन । भोट खोला गाउँपालिका वडा नं १, २ र ३ छिमेकी चीनको भूभाग सँग जोडिएका छन् ।
त्यस्तै गरी जिल्ला सुरक्षा टोलीले खाँदवारि –किमा थाङ्का सडक खण्ड रुटमा पर्ने मतदान स्थल,बोडर आउट पोस्ट किमा थाङ्का बिओपि, र विभिन्न प्रहरी चौकी समेत निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो । प्रजिअ सहितको टोलीले चीन तर्फका काउन्टर पार्टसँग सीमा सुरक्षा, सीमापारि अपराध नियन्त्रण र विपद् व्यवस्थापनका सम्बन्धमा सूचना आदानप्रदान,भन्सार कार्यालय किमा थाङ्काको नाममा रहेको जग्गाको नाप जाँच र चार किल्ला सुरक्षित गरेको छ । टोलीले किमा थाङ्का अरुण, माथिल्लो अरुण, अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन जग्गा मुआब्जा र आयोजना सँग नागरिक सुनुवाइ र शान्ति सुरक्षा,सडक तथा विभिन्न आयोजना तथा स्थानीय सरोकारका विषयमा अन्तरक्रिया समेत गरेको प्रजिअ थपलियाले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्