दाङमा अबैध ढुंगा–बालुवा उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

दाङ –  जिल्लाका विभिन्न स्थानमा अबैध रुपमा ढुंगा, बालुवा र मिस्कट उत्खननमा संलग्न ट्याक्टरहरू प्रहरीको नियन्त्रणमा परेका छन् ।
गढवा गाउँपालिका–४ पर्सिया स्थित राप्ती खोलाबाट अबैध रुपमा नजिजन्य पदार्थ (मिस्कट) उत्खनन गरी ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गढवाले रा १ त ३२०१ र रा १ त २७९७ नम्बरका दुई ट्याक्टर नियन्त्रणमा लिएको हो । गढवा गाउँपालिकाले प्रति ट्याक्टर रु. ३० हजारका दरले जम्मा रु. ६० हजार जरिवाना गरी ट्याक्टर सम्बन्धित व्यक्तिहरूको जिम्मामा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, बबई गाउँपालिका–७ ओदालेमा अबैध ढुंगा र वालुवा उत्खनन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी टोलीले रा १ त २५५९, लु २ त ९५७२ र बेलासपुरमा उत्खनन गरेको रा १ त ४८४० नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको हो ।
बबई गाउँपालिकाले प्रति ट्याक्टर रु. १० हजारका दरले जम्मा रु. ३० हजार जरिवाना गरी उक्त ट्याक्टरहरू सम्बन्धित व्यक्तिहरूको जिम्मामा बुझाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.