गौरीफन्टा नाकाबाट ५२ तोला सुन र करिब एक किलो चाँदीसहित चार जना पक्राउ

कैलाली – गौरीफन्टा नाकाबाट ५२ तोला सुन र करिब एक किलो चाँदीसहित चार नेपाली पक्राउ कैलालीसँग जोडिएको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र करिब एक किलो चाँदीसहित चार नेपालीलाई भारत प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले ६१६.९ ग्राम (५२.९० तोला) सुन र ७८०.८ ग्राम चाँदी बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा २५ वर्षीय दीपक नरसिंह, ३७ वर्षीय भुवनसिंह चलाउने, ४७ वर्षीय जीवनकुमार थारु र ५६ वर्षीय खेमराज कुलपति देवकोटा रहेका छन्। उनीहरूको नेपाली ठेगाना भने सार्वजनिक गरिएको छैन।

भारतको महाराष्ट क्राइम ब्रान्चबाट खटिएको प्रहरी टोलीले बिओपी गौरीफन्टा चेकपोस्टमा तैनाथ प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई महाराष्ट्रबाट सुन र चाँदी चोरी गरेर ल्याएको आरोप लगाइएको छ।

चारै जनालाई थप अनुसन्धानका लागि क्राइम ब्रान्च र गौरीफन्टा प्रहरीले भारतको खिरी जिल्लामा पठाएको बताइएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.