सर्बोच्च अदालतको आदेश विपरीत निर्णय गरेको भन्दै मधेशमा मुख्य मन्त्रीको विरोध
मधेश आन्दोलनका शहीदलाई 'मधेश रत्न'ले सम्मान गर्ने मुख्यमन्त्रीको निर्णय

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालिन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न सर्बोच्च अदालतले आदेश दिएपनि मधेस आन्दोलनका शहीदहरुलाई मधेस रत्नले सम्मान गर्ने निर्णय गर्नुभएको छ ।
मुख्यमन्त्रीको कार्यभार सम्हाले लगत्तै नवनियुक्त मुख्य मन्त्री यादवको यो पहिलो निर्णय हो ।
सर्बोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले सुविधा र सन्तुलनको दृष्टिकोण भन्दै मुख्यमन्त्री यादवलाई दीर्घकालिक असर पार्ने कुनैपनि निर्णय नगर्न आदेश दिएको थियो । सर्वोच्च अदालतको यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुनेछ ।
मुख्यमन्त्री नियुक्तिविरुद्ध रकिप्रसाद साहसमेतले दिएको रिट निवेदनका आधारमा न्यायाधीश ढुंगानाको इजलासले यस्तो आदेश जारी गरेको हो ।
प्रदेस सभामा सबैभन्दा ठूलो दलको नेताका रुपमा यही कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त भई यादवले २४ गते बिहानै एक होटलमा मुख्यमन्त्री पदको शपथ लिएपछि मधेस प्रदेशको राजनीति तरंगित भएको छ ।
मुख्यमन्त्री नियुक्ति प्रकृयाको विषयलाई लिएर मधेश प्रदेशका अरु राजनीतिक दलहरु असन्तुष्ट बनेका छन । र प्रदेश राजधानीमा तनाव श्रृजना भएको छ ।
आज पनि मुख्यमन्त्री यादवले पदबहाली गरिरहँदा बाहिर विरोध र नाराबाजी भएको थियो । मुख्य मन्त्री नियुक्ति प्रकृयामा नै विरोध गरिरहेका दलहरुले झन सर्बोच्चको आदेश विपरीत निर्णय भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
संविधानलाई मिचेर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा, नेकपा एकिकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।।





प्रतिक्रिया राख्नुहोस्