सरकार र दुर्गा प्रसाईँको समूहबिच गृह मन्त्रालयमा छलफल सुरु

काठमाडौँ – सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईँको समूहबिच सिंहदरबारमा वार्ता सुरु भएको छ ।
बुधवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईँको समूहसँग सरकारले छलफल गरेको हो । वार्तामा प्रसाईँ भने सहभागी हुनुहुन्न । प्रसाईँको समूहबाट सङ्गठन विभाग प्रमुख तेजेन्द्रप्रसाद रायमाझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद सङ्ग्रौला लगायतका सदस्यहरू सहभागी हुनुहुन्छ ।
प्रसाईँले मङ्सिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । यस पटक आन्दोलन गर्न प्रसाईँले नेपाली काँग्रेस बिपीसँग पनि सहकार्य गर्नुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्