अमेरिकामा ४३ दिन लामो सरकारको खर्चबिहिन अवस्थाको अन्त्य

 एजेन्सी –   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासमै सबैभन्दा लामो सरकार सट-डाउनको अन्त्य गर्दै विधेयकमा हस्ताक्षर गर्नुभएको छ ।

अमेरिकाको इतिहासमा गत अक्टोबरमा १ खर्चसम्बन्धी विधेयक पारित नहुँदा सरकार ४३ दिन खर्च गर्न नपाउने अर्थात् सट-डाउनको अवस्थामा रहेको थियो ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा केहीबेर अघि भएको मतदानमा ६ जना डेमोक्र्याट सांसदहरुले विधेयकको पक्षमा मतदान गरेका छन् ।

डेमोक्र्याट सांसदको सहयोगमा सोमबार सिनेटबाट पारित भएको विधेयक तल्लो सदनमा पनि डेमोक्र्याटहरुको सहयोगमा पारित भएको हो ।

मतदानमा विधेयकको पक्षमा २ सय २२ मत र विपक्षमा २ सय ९ मत परेको छ । सट- डाउनका कारण अमेरिकाका १४ लाख कर्मचारीले तलब नपाउने अवस्था आएको थियो । धेरै कर्मचारी बेतलबी बिदामा बसेका थिए भने कतिपयले बिना तलब काम गर्न बाध्य भएका थिए । सरकार खर्चबिहिन हुँदा हजारौं अमेरिकी उडान समेत प्रभावित भएका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.