सुन्तला खेतीमा आर्कषण

धादिङ – धादिङको ज्वालामुखी गाउँपालिका स्थित वडा नम्वर ५ खरीलाई सुन्तलाको पकेट क्षेत्रको रुपमा विकास गर्न सुरु गरेको छ ।

बाग्मती प्रदेश सरकार र स्थानीय तहले आर्थिक प्राविधिक सहयोगले किसानहरुले सुन्तला खेतीको क्षेत्रफल समेत बढाएका छन् ।

कोदो र मकै खेती भन्दा आम्दानी धेरै र खेती गर्न निकै सजिलो हुने किसानहरुले सुन्तला खेतीमा आर्कषित भएका हुन् ।

बाग्मती प्रदेश सरकार र तहले आर्थिक प्राविधिक सहयोग गर्न सुरु गरे पछि त किसानहरूले सुन्तला खेतीको क्षेत्रफल समेत बढाएका छन् ।

पहिले पहिले लगाएको सुन्तलाको बोटले उत्पादन समेत दिन सुरु गरेको छ भने गत साल देखी स्थानीय तहले सुन्तला खेती प्रवर्धन सुरु गरेको हो । यसले किसानहरूको आर्थिक अवस्था सुधारमा  हुनुका साथै निकै ठुलो सहयोग पुगेको भनाइ किसानहरूको छ । कोदो र मकै खेती भन्दा आम्दानी पनि धेरै र खेती गर्न पनि निकै सजिलो हुने भएको अनुभव किसानहरूले गरेका छन् ।

बाग्मती प्रदेश सरकारको एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तरगत धादिङको ज्वालामुखी गाउँपालिका स्थित खरी गाउँलाई सुन्तला पकेट क्षेत्रको रूपमा विस्तार गरेको हो ।

मकै र कोदो मात्रै खेती गर्दै बसेका यहाँका किसानहरूले सात वर्ष अघिदेखि सुन्तलाको व्यवसायी खेती गर्दै आएका हुन् । गत साल देखी स्थानीय तहबाट पनि सुन्तला खेती प्रवर्धनमा सहयोग सुरु गरे हो । अहिले त झनै राम्रो भएको भनाई किसानहरूको छ । बाग्मती प्रदेश सरकारको सह लगानीमा ज्वालामुखी गाउँपालिकाले गत साल मात्रै वडा नम्बर ५ खरीमा ६७लाख रुपैयाँ किसानहरूलाई सुन्तला खेती प्रवर्धनका लागी लगानी गरेको हो ।

चालु आर्थिक वर्षमा पनि पचास लाखको हाराहरिमा लगानी गर्ने कार्य योजना स्थानीय तहको रहेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको भनाइ छ ।

सुन्तला खेती विस्तारका लागी स्थानीय तहको सहयोगमा किसानहरूले सात हजार दुई सय पचास ओटा उन्नत जातको सुन्तलाको बिरुवा सहित अगार्नीक मल खाल्टो खन्ने मेशिन पाएका हुन् । स्थानीय तहले यस क्षेत्रमा उत्पादन भएका कृषि उपज बिक्रीका लागी बजारी करणमा समेत अब सहयोग सुरु गर्ने र बजार व्यवस्थापनको जिम्मा स्थानीय तहले नै लिने अध्यक्ष दनैको भनाई छ । यस्ता ले किसानहरूलाई थप कृषि पेशामा आकर्षण गर्ने दाबी स्थानीय तहको छ ।

किसानहरूका अनुसार पहिले भन्दा अहिले सुन्तला बिक्रीका लागी बजार सहज भएको र आम्दानी पनि राम्रो भएको बताएका छन् । गत साल भन्दा यस वर्ष झनै राम्रो सुन्तला उत्पादन भएको किसानहरूको भनाई छ ।

ज्वालामुखी गाउँपालिकाको खरी स्थित डाढ गाउँमा एउटै किसानले तीन लाख देखी १५ लाखसम्मको सुन्तला बिक्री गर्ने गरेका छन् । अहिले ब्यपारीहरु पनि बारीमा नै किन्न आउने र मूल्य पनि निकै राम्रो दिने गरेको भनाइ छ । प्रतिकिलो सुन्तला एक सय बिस रुपैयाँमा बिक्री गर्ने गरेको किसानहरूको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.