शिवपुरीमा बालबालिकाको निशुल्क मुटु परीक्षण

नुवाकोट- नुवाकोटको शिवपुरी गाउँपालिका-८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको आज निःशुल्क मुटु परीक्षण गरिएको छ ।
पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिनुभयो ।
शिविरमा काठमाण्डौँ मेडिकल कलेज, वीरेन्द्र सैनिक र कान्ति बाल अस्पतालका चिकित्सकले मुटुको परीक्षण र परामर्श दिएका थिए ।
शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले गाउँगाउँका बालबालिकालाई नियमित स्वास्थ्य परीक्षण र अभिभावकमा स्वास्थ्य सचेतना फैलाउन प्रयास भइरहेको बताउनुभयो ।
शिविरमा मुटु जँचाएका बालबालिका मध्ये ३ जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने भएकोले पल्मोनरी हाइपरटेन्सन एशोशिएशन नेपालले नै सम्पूर्ण खर्च व्यहोरेर काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा गर्ने जानकारी संस्थाका आजीवन सदस्य अमिन पाण्डेले दिनुभयो।।






प्रतिक्रिया राख्नुहोस्