चितवन मेडिकल कलेजमा रोबोटिक सर्जरी सुरु

चितवन – चितवन मेडिकल कलेज (सिएमसी)ले रोब टिक सर्जरी सुरु गरेको छ । काठमाडौँ उपत्यका बाहिर पहिलो पटक रोब टिक सर्जरी सुरु गरिएको हो ।
सिएमसीमा रोब टिक सर्जरी सुरु भएको करिब डेढ महिना भएको छ । यसबिचमा रोब टिक सर्जरी प्रविधिको प्रयोग गरी १४ वटा शल्यक्रिया गरिएको कलेजले बताएको छ ।
रोब टिक सर्जरी प्रविधिमा चिकित्सकले प्रत्यक्ष रूपमा हातले नभई कम्प्युटरद्वारा नियन्त्रण हुने रोब टिक हातहरूको माध्यमबाट अपरेसन गरिन्छ ।
रोब टिक तथा युरो सर्जन डा प्रतीकमान सिंह गुरुङ, जि आई सर्जनहरू डा विशाल आचार्य र डा रोहित कुमार मिश्रको नेतृत्वमा रोब टिक सर्जरी सेवा सुरु गरिएको सिएमसीले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । यो सेवा अन्य विधि भन्दा निक्कै महँगो हुने कलेजले जनाएको छ । यो विधिबाट सर्जरी ५ देखि १० लाखसम्म लाग्ने कलेज प्रशासनले पत्रकार सम्मेलनमा जानकारी दियो। तर अहिले सर्जरीको प्रकृतिअनुसार २ लाखदेखि ५ लाखसम्म लिने रुपैयाँसम्ममा रोब टिक सर्जरी गर्न सकिने सिएमसीका सिइओ प्रताप देवकोटाले जानकारी दिनुभयो ।
रोब टिक सर्जरीबाट सानो प्वालमार्फत शल्यक्रिया गर्न सकिने, कम रक्तस्राव, कम पिडा र छिटो निको हुने, सङ्क्रमणको सम्भावना न्यून र दीर्घकालीन सफलता मुख्य विशेषता रहेको उहाँ बताउनुहुन्छ ।
रोब टिक सर्जरी सेवा सुरु गरेको अवसरमा शनिबार रोब टिक सर्जरी कन्फ्रेन्स आयोजना गरिएको थियो ।
कन्फ्रेन्समा भारतबाट वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा प्रियङ्का भात्रा, डा वीरेन्द्र भगत लगायत नेपालबाट समेत गरी २०० जना सहभागी हुनेछन् ।
उक्त कार्यक्रममा नेपालका जीआई सर्जन, युरो सर्जन, स्त्रीरोग विशेषज्ञ, अंको सर्जन, एनेस्थेसियोलोजिष्ट, जनरल सर्जन तथा रेजिडेन्टहरू र नर्सहरूको सहभागीता थियो ।






प्रतिक्रिया राख्नुहोस्