पाल्पामा घर भत्काउँदा च्यापिएर एक जनाको मृत्यु

पाल्पा-  पाल्पामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–५ का ६३ वर्षीय टुकबहादुर सोमै रहेको प्रहरीले जनाएको छ । बिहीबार गल्धास्थित बेलडाँडा बजारमा भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर सोमैको निधन भएको प्रहरीले जनाएको छ।

नयाँ घर निर्माणका लागि पुरानो घर भत्काउने क्रममा दोस्रो तलाको टप खस्दा सोमै च्यापिएर घाइते भएका सोमैको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो। घर भत्काउँदा घरको टपसँगै खसेका सोमैलाई स्थानीयले उद्धार गरी उपचारका लागि रामपुर अस्पताल लगेका थिए । उपचारका क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.