रतन खोलामा निर्माण गरिएको बेलीबृज सञ्चालनमा

काभ्रे- काभ्रे जिल्ला बेथानचोक गाउँपालिका–१, च्याम्राङवेसी रतन खोलामा निर्माण गरिएको बेलीबृज सञ्चालनमा आएसँगै स्थानीयवासीको दैनिक आवत–जावत सहज भएको छ ।
नयाँ बेलीबृजले काभ्रेको बेथानचोक र खानीखोला गाउँपालिकाका साथै ललितपुरको महांकाल गाउँपालिकाका नागरिकलाई छिमेकी बस्ती तथा बजारसँम्म आवतजावत गर्न सहज भएको छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार बेलीबृज निर्माणपछि स्थानीयले वर्षायाममा झेल्नुपरेको जोखिमपूर्ण यात्रा अब सहज र सुरक्षित बनेको छ ।
गाउँपालिका–१ का वडा अध्यक्ष मधुसुदन तिमल्सिनाले करिब २ करोड रुपैयाँ लागतमा बेलीबृज निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।
स्थानीय कृषकहरूका अनुसार पुल बनेपछि तरकारी, फलफूल, दुग्धजन्य पदार्थ तथा अन्य उत्पादन समयमै बजार पुर्याउन सकिने भएकाले आय-आर्जनमा समेत बृद्धि हुन थालेको छ ।।






प्रतिक्रिया राख्नुहोस्