मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

काठमाडौँ – झापाका मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ ।

उहाँलाई गएराति भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समाजलाई भड्काउने उच्छृंखल अभिव्यक्ति दिएकोले सार्वजनिक शान्ति विरुद्धको कसुरमा प्रसाईँलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिनुभयो ।

प्रहरीले आफ्ना पर्चा जफत गरेको भन्दै प्रसाईँले प्रहरीविरुद्ध पनि अभिव्यक्ति दिएको अवस्थामा प्रसाईँ पक्राउ परेका हुन् ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउन प्रसाईलाई अदालतमा पेश गरिने प्रहरी प्रवक्ता काफ्लेले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.