पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुपुरदगी गर्न भारतसँग बंगलादेशको माग
काठमाडौँ – बंगलादेशी अदालतबाट मृत्युदण्डको फैसला भएपछि पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुपुरदगी गर्न बंगलादेशले भारतसँग माग गरेको छ ।
बंगलादेशी विदेश मन्त्रालयले सुपुर्दगीको माग गरेपनि भारतले प्रतिक्रिया जनाएको छैन । तर फैसलालगत्तै भने भारतीय परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारत बंगलादेशी जनताको हितमा प्रतिबद्ध रहेको उल्लेख गरेको थियो ।
बंगलादेशमा १५ महिनाअघि विद्यार्थी आन्दोलन दमन गर्ने तत्कालीन प्रधानमन्त्री शेख हसिना र तत्कालीन गृहमन्त्री आसादुजामान खान कमल लाई मृत्यु दण्ड दिने फैसला हजो ढाकाको विशेष अदालत अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले गरेको हो ।
विशेष अदालतले गत वर्ष भएका विद्यार्थी नेतृत्वको आन्दोलनमा गरिएको हिंसात्मक दमनको आदेश दिने जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीकै रहेको ठहर गर्दै सो सजाय सुनाएको थियो । उक्त दमनका क्रममा करिब १ हजार ४ सय जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको अनुमान छ ।
आन्दोलन दमन गर्न नसकेपछि भागेर भारतको शरणमा जानुभएको थियो । हसिनाले विपक्षीहरुले बहिष्कार गरेका निर्वाचनहरूबाट विजयी भै १५ वर्ष शासन गर्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्