अस्पतालको शव गृहमा पाँच महिना देखि शव

गोरखा – प्रदेश अस्पताल गोरखाको शव गृहमा रहेका शव ५ महिना देखि ब्यवस्थपान हुन नसक्दा समस्या थपिएको छ । बेवारिसे अवस्थामा भेटिएका चार वटा शव हाल शव गृहमा रहेको छ । शव व्यवस्थापनमा ढिलाइ हुँदा दुर्गन्ध फैलन थालेको स्थानीय बताउँछन् ।
शवको व्यवस्थापनमा हुन नसक्दा समस्या भएको प्रदेश अस्पताल गोरखाका मेडिकल सुपरिटेन्डेन्ट सिद्धार्थ खनालले बताउनुभयो । ‘अव नयाँ अव आए राख्ने ठाउँ छैन, लामो समय सम्म शव रहँदा अन्य शवको पोष्टमाटममा पनि समस्या भएको छ,’ उहाँले भन्नुभयो ।
शव व्यवस्थापन छिटो गर्नका लागि अस्पतालले आग्रह गर्ने पनि गर्दै आएको छ । ‘शव गृह दुई वटा सम्म शव राख्ने क्षमताको छ, ४ वटा शव म्यानेज गरेर राखेका छौँ,’ उहाँले भन्नुभयो,‘लामो समय सम्म रहेका शवहरूको पोष्टमाटममा पनि समस्या छ ।’
बेवारिसे अवस्थामा जिल्लाका विभिन्न ठाउँमा रहेका शवहरूले शव गृह भरिएको हो । ती शवहरूको व्यवस्थापनका लागि प्रयास भइरहेको गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरले बताउनुभयो । ‘शव व्यवस्थापनका लागि ठाउँहरू खोजिरहेका छौँ, अव छिट्टै शव व्यवस्थापन हुन्छ,’ उहाँले भन्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्