मस्र्याङदी बेसी जलविद्युत आयोजना विरुद्ध स्थानियको हस्ताक्षर संकलन
आयोजनाले स्थानियलाई फाईदा हुने निर्माण कम्पनीको दावि

लमजुङ- मस्र्याङ्दी बेसी जलविद्युत आयोजना बन्दको माग राखी आन्दोलनमा उत्रिएको मस्र्याङ्दी बचाऔं संघर्ष समितिले आयोजनाको विरोधमा हस्ताक्षर संकलन अभियान शुरु गरेको छ ।
सरोकारवालाहरुसँगको व्यापक छलफलपछि आयोजना बन्द गर्न दवाव दिने उद्देश्य सहित संघर्ष समितिले हस्ताक्षर संकलन शुरु गरेको हो । सदरमुकाम बेसीशहरका विभिन्न सात स्थानमा हस्ताक्षर संकलन थालिएको संघर्ष समितिका सचिव सुरेश कुमार प्रधानले बताउनुभयो ।
सचिव प्रधानका अनुसार बेसीशहरको शेरा चौतारा, लक्ष्मीनारायण पुस्तकालय, नारायणस्थान चोक, घलेगाउँ चोक, मनाङे चौतारा, सहजी र प्रशासन चोकमा हस्ताक्षर संकलन शुरु भएको छ । स्थानीयले संघर्ष समितिको मागलाई जायज भन्दै उत्साहजनक रुपमा हस्ताक्षर अभियानमा सरिक भएको पनि सचिव प्रधानले बताउनुभयो ।
संघर्ष समितिले संकलन गरिएको हस्ताक्षर उर्जा मन्त्रालय, विद्युत विकास विभाग र प्रधानमन्त्री कार्यालयसम्म पुगेर बुझाउने र आफ्ना मागहरु प्रस्तुत गर्ने जनाएको छ । चौतर्फी दवाव दिएर बेसीशहरको पर्यावरणमा खलल पु¥याउने सो आयोजना निर्माणनै गर्न नदिने समितिको तयारी छ ।
यसअघि बेसीशहरमा बृहत छलफलपछि गठन भएको संघर्ष समितिले बेसीशहर नगरपालिकाका र प्रमुख जिल्ला अधिकारीेलाई ध्यानाकर्षण पत्र बुझाउँदै कुनैपनि हालतमा बेसीशहरको धार्मिक, सांस्कृतिक, भौतिक, आर्थिक एवं वातावरणीमा नकरात्मक प्रभाव पार्ने गरी आयोजना निर्माण गर्न रोक लगाउन आग्रह गरेको थियो । संघर्ष समितिको माग पश्चात बेसीशहर नगरपालिकाले आयोजनालाई पत्र लेख्दै स्थानीयसंग सहमति गरेर मात्र काम अगाडि बढाउन पत्राचार गरीसकेको छ ।
आयोजनाले स्थानियलाई फाईदा हुने निर्माण कम्पनीको दावि
यसैविच, जलविद्युत आयोजना निर्माण र त्यसबाट पार्ने प्रभावका विषयलाई लिएर स्थानियले विरोध गर्न थालेपछि सो आयोजना निर्माण कम्पनीले पनि एक विज्ञप्ती जारी गर्दै आयोजनाले सवै स्थानियलाई फाईदा हुने जनाएको छ । आयोजना निर्माण गरेको दिव्यज्योति हाइड्रोपावर लिमिटेडले विज्ञप्ती मार्फत आयोजनाको अधिकतम लाभ स्थानीयले नै पाउने जनाएको हो ।
कम्पनीले स्थानीयको चासो र चिन्ताको उचित सम्बोधन गर्ने गरि आयोजना निर्माण गर्ने प्रतिवद्दता समेत जनाएको छ । स्थानीयले चासोको साथ उठाएको वातावरण, सस्कृति एवं पुरातात्विक विषयहरुलाई गम्भिरताका साथ लिएको र आयोजनाको निर्माण गर्दा ति विषयलाई समेटिने कम्पनीले उल्लेख गरेको छ ।
मस्र्याङदी नदीमा वार्षिक औषत पानीको बहाब लगभग एकसय ५० घनमीटर रहेको तर सो आयोजना निर्माण गर्न केवल ७० घनमिटर पानी मात्र आवश्यक पर्ने भएकोले बाँकी रहेको पानी पर्यवरण स्थिरताको लागि पर्याप्त हुने कम्पनीको दावि छ । कम्पनीले स्थानीयहरुको सिप, र दक्षताका आधारमा रोजगारीको सुनिश्चितता गरिने प्रतिवद्दता पनि जनाएको छ ।
दिव्यज्योति हाइड्रोपावर लिमिटेडले आयोजनाको सर्वे, परीक्षण र पिपिए गरेका सो आयोजना हाल अपि पावर कम्पनीले निर्माण गर्न लागेको हो । आयोजनाको कुल लगानी करिब १० अर्ब रुपियाँ अनुमान गरिएको छ । आयोजना दुई वर्ष छ महिनाभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ ।






प्रतिक्रिया राख्नुहोस्