मधेसका मुख्यमन्त्री यादवको बचाउमा उहाँका समर्थकहरू पनि धर्नामा

धनुषा-  मधेसका मुख्यमन्त्री सरोजकुमार यादवको बचाउमा उहाँका समर्थकहरू पनि धर्नामा उत्रिएका छन् ।
मुख्यमन्त्री यादवलाई विपक्षी दलहरूले काम गर्न नदिएको भन्दै काम गर्न दिनुपर्ने मागसहित उहाँका समर्थकहरू धर्नामा बसेको हुन् ।
 जनकपुरधामस्थित जनक चोकमा मुख्यमन्त्री यादवका समर्थक एवं एमालेका नेता–कार्यकर्ताहरु धर्नामा बसेका हुन् । संविधानलाई रक्षा गरौँ र मुख्यमन्त्री यादवलाई काम गर्न देऊ भन्दै आफूहरू धर्नामा बसेको एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले बताउनु भयो ।
 सर्वोच्च अदालतमा यादव नेतृत्वको सरकार गठन संवैधानिक नरहेको भन्दै काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा रिट दिएका छन्।  यो विवादमा गत मङ्गलवार सर्वोच्चले मुख्यमन्त्री यादवलाई दीर्घकालीन निर्णय नगर्न आदेश दिएको छ।
 सर्वोच्चमा मुख्यमन्त्री नियुक्तिको विवाद सम्बन्धी रिटको सुनुवाइ जारी रहेको समयमा धर्ना तथा आन्दोलनको कार्यक्रम गरेर ७ दलीय गठबन्धनले मुख्यमन्त्री यादवको काममा अवरोध सिर्जना गरिरहेको मुख्यमन्त्री यादवका समर्थकहरूको आरोप छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.